वर्षमानको आमामाथि गोली प्रहार प्रकरण : चाइनिज पेस्तोल बरामद

लोकपथ
7
Shares

काठमाडौं । गोली प्रहारबाट घाइते भएकी माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को उपचार भइरहेको छ ।

गएराति बालुवाटारस्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट अनन्तकी आमाको खुट्टामा गोली लागेको छ ।

गोली लागि घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भने उनको अवस्था अहिले सामान्य रहेको उपचारमा संगल्न चिकित्सकहरुले बताएका छन् ।

वर्षमानको नातेदार समेत रहेका प्रकाशलाई पक्राउ गरिएको छ । उनी कामु प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत रहेका थिए ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।

प्रहरीको अनुसन्धानबाट प्रकाशले आफ्नै पेस्तोलबाट गोली प्रहार गरेको थाहा भएको छ । प्रहरी वृत्त मालिगाउँले घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?