अशक्त व्यक्तिहरुलाई मानपदवी दिन जब राष्ट्रपति पौडेल मञ्चबाट ओर्लिए…

लोकपथ
189
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई मानपदवी वितरण गरेका छन् ।

शीतलनिवासमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेलले विभिन्न विधाका मानपदवी वितरण गरेका हुन् ।

सो क्रममा केही शारिरिक रुपमा अशक्तहरुलाई राष्ट्रपति पौडेलले मञ्चबाट झरेरै मानवपदवी दिएका छन् ।

सबैले अग्लो ठाउँमा रहेको मञ्चमा पुगेर राष्ट्रपति पौडेलबाट मानपदवी ग्रहण गरिरहेका थिए । तर शारिरिक रुपमा अशक्तहरु माथि उक्लिन नसकेपछि राष्ट्रपति पौडेल तलै ओर्लिएर मानपदवी दिएका हुन् ।

सो क्रममा उनको सुरक्षाकर्मीले त्यसो गर्न नमिल्ने हो की भन्दै सजग समेत गराएका थिए । तर पौडेलले केही नहुने इशारा गर्दै मानपदवी वितरण गरे । राष्ट्रपति पौडेलले मञ्चबाटै ओर्लिएर मानपदवी वितरण गरेपछि उनको प्रशंसा समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?