काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु सरकारमा गएकोबारे स्पष्ट पारेका छन् ।
शुक्रबार चितवन क्षेत्र नं २ अन्तर्गत नारायणगढको बेलचोकको आयोजित चुनाव कार्यक्रमलाई सम्बोधन गर्दै सरकारमा जानुको कारणबारे स्पष्ट पारेका हुन् ।
साथै छोटो समयमा आफूहरुले उपलब्धीमुलक काम गरेको समेत दाबी गरे ।
आफूहरु सिंहदरबार कसरी चलाउने भन्ने देखाउनका लागि सरकारमा गएको जिकिर गरे ।
‘हामी सिंहदरबारमा किन गयौँ भने सिंहदरबार कसरी चल्दो रहेछ भन्ने हेर्नुथियो । र कसरी सिंहदरबार कसरी चलाउनुपर्छ भनेर देखाउनुथियो ।’ उनले भने ।
त्यसैगरी आफूहरुले राखेको मागमा ऐक्यबद्धता जनाएका कारण आफूहरु सरकारमा सरकारमा गएको बताए ।
गत मंसिर ११ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्दै लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया