मन्त्री अधिकारीको स्पष्टीकरण : पूर्वाग्रह राखेर मेरो नाम वाइडबडीमा जोडियो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिद अनियमितामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरणदिएका छन् । 

पर्यटन मन्त्रलायलमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले सो स्पष्टीकरण दिएका हुन् । अनुमान र पूर्वाग्रहको आधारमा आफ्नो नाम वाइडबडीमा जोडिएको उनको तर्क छ । 

‘नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज प्रकरणमा लेखा समितिको उपसमितिले अनुमान र पूर्वाग्रहको आधारमा मेरो नाम जोडियो ।’ उनले भने  ।

विमान खरिद सम्झौता प्रक्रियामा कहीँ कतै र कुनै पनि किसिमको संलग्नता नरहेको उनको दावी छ । 

आफूले जहाजहरु प्रयोगमा ल्याउने प्रयास मात्र गरेको भन्दै उनले बदनियत भएको भनी लागेको आरोपको खण्डन गरे । साथै उनले अख्तियारवाला निकायलाई छानबिन गर्न पनि आग्रह गरेका छन् । 

दोषी उम्कन र निर्दोष बदनाम हुने अवस्था राम्रो नभएको भन्दै मन्त्री अधिकारीले यसमा जो सुकै संलग्न भए पनि कारबाही हुनुपर्ने धारणा राखे ।

यसअघि संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले जहाज खरिदमा अनियमितता भएको भन्दै त्यसमा संलग्न झन्डै तीन दर्जन पदाधिकारीलाई दोषी आरोपित गरेको थियो । 

सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?