२३ विशेष प्रहरी नै एक महिनादेखि बन्दी

इलाम, ७ कात्तिक- नेपाल प्रहरीका २३ विशेष प्रहरीहरुलाई प्रदेश नम्बर एकका प्रहरी प्रमुख एआइजी पशुपती उपाध्यायले एक महिना देखि प्रहरी गणमा भेला पारेर “निगरानी” मा रखेका छन् । उनीहरुलाई आदेश विना बाहिर निस्कन दिइएको छैन भने कसुरको बारेमा समेत केही भनिएको छैन ।असोज १० गतेदेखि गणमा लगेर राखिएका इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, उदयपुरलगायतका घुमुवा प्रहरीलाई अपराधी जस्तै व्यवहार गरेर राखिएको स्रोतले बतायो । स्रोतले भन्यो “अपराध गरेको भए कारवाही हुनुप¥यो ।’ निर्दोषलाई मानसिक यातना दिनेकाम भएको एक घुमुवा प्रहरीको आरोप छ ।पहाडी क्षेत्रमा काम गरिरहेको घुमुवालाई मात्र उपाध्यायले गणमा राखेको हुन् । एक घुमुवाले आरोप लगाए‘ हाकिमलाई रकम उठाएर बुझाउनेलाई यहाँ ल्याइएको छैन ।’विराटनगर प्रहरी गणमा अहिले १३ जना जवान, ६ जना हवल्दार र ४ जना असइलाई अनुसन्धानको नाममा बन्दी बनाएको स्रोतले जनाएको छ । उनीहरुलाई तिहारमा एक दिन विदा दिएपनि भोलि पल्टनै विराटनगर बोलाइएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?