रेशम चौधरीको मुद्दामा पेशी तोकियो, खुल्ला त संसद प्रवेशको बाटो ?

काठमाडौं । टीकापुर घट्नाका मुख्य अभियुक्त रेशमलाल चौधरीको मुद्दाको पेशी तोकिएको छ । 

सांसद पदको सपथ लिएको चौथो दिन उनको मुद्दाको पेशी तोकिएको हो । रेशमलालको मुद्दा ईश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा परेको छ ।

कानूनी विवादकाबीच सांसद चौधरीले १९ पुसमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ गराएका थिए । सपथपछि फेरी उनी डिल्लीबजार कारागारमै फर्किएका थिए ।

कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालकसहित सात प्रहरीको हत्या मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले विहिबार सांसद पदको सपथ लिएका थिए । 

उनीमाथि टीकापुर घटनाको मुख्य योजनाकार रहेको आरोप छ र उनी फरार भएका कारण यसअघि शपथ हुन सकेको थिएन । उनलाई गएको फागुनमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

चौधरी वारेसमार्फत उम्मेदवारी दर्ता गराएर २०७४ को आमनिर्वाचनमा कैलाली–१ बाट सांसद निर्वाचित भएका हुन् ।

उनको सपथप्रति विभिन्न टिकाटिप्पणीहरु आइरहेका छन् । विशेष गरी कांग्रेसले अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई शपथ खुवाएर सरकारले कानुनी राज्यको खिल्ली उडाएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?