सरकारले बालेनलाई भन्यो– ‘जनताबाट चुनिएका मान्छेले कानुन मान्दैन भने हुन्छ के ?’

लोकपथ
117
Shares

काठमाडौं । सिंहदरबार, राष्ट्रपति निवास र प्रधानमन्त्री निवासको फोहोर काठमाडौं महानगरले नउठाएको विषयमा सरकारले असन्तुष्टि जनाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि बोल्दै सञ्चार एवं सूचनाप्रविधिमन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्माले फोहोर व्यवस्थापन नगरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाईने टिप्पणी गरिन् ।

स्थानीय तह पनि सरकार नै भएको कारण संविधान, नीति कानुन बुझ्नुपर्ने बताइन् ।

“स्थानीय तह पनि सरकार हो । त्यसले संविधान, नीति, कानुन बुझ्नुपर्छ । त्यसानुसार चल्नुपर्छ,” मन्त्री शर्माले भनिन्, “कानुन, संविधानमा भएका कतिपय व्यवस्था चित्त बुझ्दैन, या त त्यसलाई परिवर्तन गर्ने सामर्थ्य राख्नुपर्छ । जनताबाट चुनिएका मान्छेले कानुन मान्दैन भने हुन्छ के ?”

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय सरकारले पाएको जिम्मेवारी पूरा नगरेको भन्दै तत्काल फोहोर उठाउने प्रबन्ध गर्न समेत आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?