प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
195
Shares

काठमाडौं । चर्चित गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक ‘सकम्बरी’ सार्वजनिक भएको छ ।

गायक सपुतले आफ्नो अफिसियल युट्यूबबाट बिहीबार दिउँसो उक्त गीत सार्वजनिक गरेका हुन् ।

‘फुलमाया’ बोलको गीतमा सपुत आफ्नै स्वर, शब्द र संगीत रहेको छ । स्वरमा प्रकाशलाई वर्ता गन्दर्भले साथ दिएकी छन् ।

उक्त गीतमा मान्छेलाई अभावले कहाँ पुर्याउँछ भन्ने सन्दर्भलाई जोडदाररुपमा देखाइएको छ ।

बुबाले दोस्रो बिहे गरेपछि आमा बहिनीको लालनपालनका लागि एक युवतीले गरेको संघर्षलाई देखाइएको छ । भने कामको शिलशिलामा अवसरवादीहरुबाट कसरी शोषणमा युवतीहरु पर्न बाध्य हुन्छन् भन्ने कुरालाई समेत प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?