मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता भंग

लोकपथ
91
Shares

काठमाडौं । मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीचको वार्ता भंग भएको छ ।

बिहीबार गृहमन्त्रालयमा सरकारले बनाएको वार्ता टोलीसँग पीडितहरुको छलफल भएको थियो । यसअघि नै आफूहरुको ६ बुँदे माग राखेको र त्यसमा सरकारी पक्षमा सकारात्मक नदेखिएपछि वार्ता भंग भएको एक मिटरब्याज पीडित पक्षका वार्ता समितिका एक सदस्यले जानकारी दिए ।

‘उहाँहरु ६ बुँदे मागप्रति पोजेटिभ हुनुभएन र आज हामीले पाँचौ दिनको वार्तासम्म पनि राज्यको वार्ता टोलीले त्यही कुरा दोहोर्याइराखेको तेहेर्याइराखेको हुनाले आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने र यो भन्दा अघि विषयवस्तु गएन भन्ने विषय राखेर आजबाट वार्ता भंग गरेका छाँै हामीले ।’ ती सदस्यले भने ।

सरकारी टोलीले आफूहरु संवेदनशील रहेको बताइरहँदा पनि छिटो माग सम्बोधन गर्ने कुनै तादरुकता नदेखाएको ती सदस्यको आरोप रहेको छ ।

राज्यले बनाएको पूरानै कुरा दोहोर्याइरहेको र बाँकी कुरा संघर्ष समितिले निर्णय गर्ने बताए ।

गत चैत २ गते महोत्तरीबाट हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले यसअघि गृहमन्त्रीसँग समेत छलफल गरेका थिए । त्यसपछि ४ पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?