‘सिंहदरबारको फोहोर नउठाउने महानगरको निर्णयको विरोध गरौँ’

लोकपथ
78
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरले सिंहदरबार लगायत स्थानको फोहोर नउठाएको विषयमा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले देशको संवेदनशील स्थानको फोहोर नउठाउनु अराजक शैली भएको भन्दै त्यसको विरोध गर्नुपर्ने टिप्पणी गरे ।

‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ ।’ उनले भनेका छन् ।

त्यस्तै सरकारले पनि महानगरले उठाएको प्रश्नमा वेवास्ता गर्दै सिंहदरबारले धम्कीको भाषा प्रयोग गर्नु स्थानीय निकायलाई सरकारले हेर्ने दृष्ट्रिकोणको प्रतिबिम्ब भएको बताए । साथै दुवै पक्ष सच्चिएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

‘अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।’ उनले भने ।

गत आइतबारबाट काठमाडौं महानगरले सिंहदरबार, प्रधानमन्त्री र राष्ट्रपति कार्यालय लगायतका स्थानको फोहोर उठाएको छैन । सरकारले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको रहेको भन्दै आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?