सरकारसँग बालेनको आक्रोश : ‘कि काम गर्नुस् नत्र सिंहदरबार अरु पालिकामा सार्नुस्’

लोकपथ
154
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारसँग असन्तुष्टि पोखेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले कि काठमाडौंको हितमा काम गर्ने नभए सिंहदरबार अरु पालिकामा सार्न चेतावनी दिए ।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस् । कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् ।’ उनले भने ।

काठमाडौंबासीलाई सम्पदा, संस्कृती, कला, सभ्यता चाहिएको भन्दै सिंहदरबार वा राजधानी नै सारे पनि कुनै आपत्ति नहुने टिप्पणी गरे ।

‘हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस् ।’ उनले भने, ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ, राजनिती हैन ।’

गत आइतबारबाट महानगरले यसअघि उठाउँदै आएको सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति निवासको फोहोर उठाउन बन्द गरेको छ । मेयर शाहले समस्या समाधान नभए फोहोर नउठाउने चेतावनी दिँदै आएका छन् । यता सरकारले भने फोहोर उठाउने जिम्मा स्थानीय सरकारको रहेको भन्दै कुनै पनि हालतमा फोहोर उठाउनुपर्ने बताउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?