चांगन अटोको “नयाँ साल, साह्रै बब्बाल अफर” सार्वजनिक

लोकपथ
130
Shares

काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी “नयाँ साल, साह्रै बब्बाल अफर” सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान र यसै चांगनको प्रिमियम पिक–अप हन्टर लिन ईक्छुक ग्राहक वर्गहरुलाई आकर्षक अफरहरु सार्वजनिक गरेको हो ।

यो अफर २०८० वैशााख १ देखि २०८० वैशाख ३१ सम्मको लागि लागु हुनेछ । यस अफर अन्तर्गत, ग्राहकवर्गहरुले चांगनको कुनै पनि सवारी साधन को खरिदमा सिंगापुर र मलेसियाको ५ रात ÷ ६ दिन को लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन आईफोन, घडी र एयर पड्स जित्न सक्ने छन् ।

यसका साथै चांगन को कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैंयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैंयाँसम्मको अधिक छुट पाउन सक्नु हुनेछ । साथ–साथै आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न ईच्छुक ग्राहकवर्गहरुले भने थप दुई लाख रुपैंयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् । चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी बिजेतालाई एक रात अथवा दुई दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।

चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसंगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउंदै आइरहेको छ । चांगन अटो कम्पनीले चाङ्गन गाडीको ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?