आइमाको शोरुम अब नागपोखरीमा

लोकपथ
91
Shares

काठमाडौं । चीनको प्रसिद्ध ब्राण्ड आइमा (AIMA) को विद्युतीय स्कुटरको शोरुम काठमाडौंको त्रिपुरेश्वरबाट नागपोखरी सरेको छ ।

गत भदौ देखि त्रिपुरेश्वरको शोरुमबाट बिक्रिवितरण गर्दै आइरहेकोमा अबदेखि नागपोखरीको शोरुमबाट विद्युतीय स्कुटरहरुको बिक्रिवितरण गरिने कम्पनीले बताएको छ । नागपोखरी देखि उत्तरढोका जाने सडकमा उक्त शोरुम सञ्चालित छ ।

इस्वि सम्वत् १९९९ देखि विश्वबजारमा आफ्नो उत्पादन शुरु गरेको आइमा (AIMA) कम्पनीले विगत ८ बर्षदेखि चीनमा सबैभन्दा बढी विद्युतीय स्कुटर बेचिरहेको रेकर्ड भएको कम्पनीले जनाएको छ ।

नेपालमा कम्पनीले ५ वटा मोडेलका स्कुटरहरु बिक्रिवितरण गरिरहेको छ । विशेषतः २ वटा मोडलको बिक्रि उच्च छ ।Tiger S5  र  Tiger X611 मोडलको स्कुटीको बिक्रि सबैभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।

नयाँ बर्षको छुट गरी जम्मा १ लाख ६० हजारमा बिक्रि भइरहेको Tiger S5 र ३ लाख ५ हजारमा बिक्रि भइरहेको Tiger X611 को बजारमा निक्कै माग रहेको AIMA विद्युतीय स्कुटरको नेपालको आधिकारिक वितरक हिमाल इभि मोटर्स प्रा. लि. का सिइओ गौरव बजाजले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?