काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विन्दावासिनी कंसाकारलाई सांसद बनाउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
डा ढाका कुमार श्रेष्ठ अडियो प्रकरणमा मुछिएसँगै उनलाई पदमुक्त गर्दै पार्टीले कंसाकारलाई नयाँ सांसदको रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
बुधबार बसेको केन्द्रीय समिति बैठकपछि सभापति रवि लामिछानेले पार्टी विधानको धारा ५६ (४) बमोजिम श्रेष्ठलाई पार्टीको साधारण सदस्य खारेज गर्दै उनको सांसद पद खारेज गरिएको लामिछानेको भनाइ छ ।
यससँगै रिक्त स्थानमा कानुन बमोजिम बन्दसू्चीमा रोलक्रममा रहेका कंसाकारलाई निर्वाचित गर्न प्रक्रिया अघि बढाउने निर्णय भएको लामिछानेको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया