पोखराका मान्छे निल्ने नाली !

पोखरा, ७ कात्तिक – इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन । सँगै रहेका श्रवण पुनको घाइते अवस्थामा उपचार भइरहेको छ ।नदीपुरका पिजन मुसलधारे वर्षासँगै नालीमा आएको भेलमा बगेका हुन् । उनको मोटरसाइकल भने केआइसिंह पुलनजिक फेला परेको थियो ।‘नालीको ढक्कन उघारेर हेर्दा मोटरसाइकल फेला पर्‍यो, मान्छे भेटिएन’, पोखरा-१६ का वडाध्यक्ष जीवन आचार्यले भने । प्रहरीले प्राविधिकको सहयोगमा मोटरसाइकल बाहिर निकालेको थियो । बेपत्ताको आइतबार र सोमबार प्रहरीले खोजी गरेको थियो।वडाध्यक्ष आचार्यका अनुसार लामाचौरभन्दा तीन किलोमिटर टाढाको पुरन्चौर भुनपुरे गाउँदेखिको पानी आउने नालीमा पुनद्वय खसेका थिए । ‘पानी पर्दा त्यो नाली नदीजस्तो हुन्थ्यो’, उनले भने, ‘१२-१५ वर्षअघि नै सडक विभागले बनाएको नालीमाथि ढक्कन (स्ल्याब) थिएन ।’केही तलबाट भने ढक्कनले छोपिएको हुँदा केआइसिंह पुलनजिक उघार्न मिल्ने ढक्कन लगाएको ठाउँ खोलेर हेर्दा मोटरसाइकल भेटिएको उनले सुनाए, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?