एक हप्ताभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलनमा उत्रिने बारको चेतावनी

लोकपथ
63
Shares

काठमाडौं । नेपाल बार एशोसियसनले लामो समय सर्वोच्च अदालत कायममुकाय प्रधानमन्यायाधीशबाट चलेको भन्दै प्रधानन्यायाधीश नियुक्तीको माग गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै बारले तत्काल प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया थाल्न माग गरेको हो ।

एक साताभित्र प्रधानन्यायाधीश नियुक्त नभएमा आन्दोलनमा उत्रिने बारले चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरले आफूहरुको पहिलो माग सर्वोच्चमा तत्काल प्रधानन्यायाधीशको नियुक्ति रहेको बताए । लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलेको भन्दै उनले यसको अन्त्य हुनुपर्ने माग गरे।

त्यसैगरी सो पत्रकार सम्मेलनमा बोल्दैद सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष हरिशंकर निरौलाले मुख्य रुपमा तीन विषयमा आफूहरुको माग रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?