के भन्लान् वाइडबडी प्रकरणमा मुछिएका मन्त्री अधिकारीले ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन बोलाएका छन् ।

वाइडबडी प्रकरणमा मुछिएका मन्त्री अधिकारीले आज बिहान १० बजेका लागि ‘आकस्मिक’ पत्रकार सम्मेलन बोलाएका हुन् । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजबारे उठेका समसामयिक विषयमा मन्त्री अधिकारीले स्पष्टीकरण दिने बुझिएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरीदबारे छानबिन गर्न बनाएको उपसमितिले बहालवाला उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितका पदाधिकारीको संलग्नता रहेको प्रतिवेदन समितिमा बुझाएपछि मन्त्रालय धारणा सार्वजनिक गर्न लागिएको हो । 

उपसमितिले प्रतिवेदन बुझाएपछि मन्त्री अधिकारीले पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिन लागेका हुन् । पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीसहित मन्त्रालयका सचिव र सम्बद्ध अधिकारीसहित धारणा सार्वजनिक गर्ने भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?