काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सोमबारको लागि ‘आकस्मिक’ पत्रकार सम्मेलन बोलाएका छन् ।
लेखा समितिले गठन गरेको उपसमितिले वाइडबढी प्रकरणमा अधिकारी समेतलाई मुछेर प्रतिवेदन तयार गरेको र त्यसबारे निर्णय लिन समितिको सोमबारको लागि बैठक बोलाइएको अवस्थामा अधिकारीले बैठटक अघि नै पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ।
अधिकारी निकट स्रोतका अनुसार पत्रकार सम्मेलनमा वाइडबढी प्रकरणमा आफ्नो संलग्नता नभएको विषयमा उनले प्रमाणहरु पेश गर्ने छन् ।
पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले राजीनामा घोषणा गर्ने सम्भावना रहेको समेत बताइएको छ । तर यसबारे मन्त्रीले भने कु्नै प्रतिक्रिया दिइसकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया