काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा दिएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रश्न गर्न माग गरेपछि १५ मिनेटका लागि स्थगित भनिएको बैठक आगामी बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
संघीय संसद सचिवालयमा टाँस गरिएको सूचनामा प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइएको छ ।
प्रधानमन्त्री ओलीको वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्ने भन्दै नेपाली काँग्रेसका सांसदहरुले रोष्टम अघि उभिएर नाराबाजी समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया