दीपक मनाङेलाई सपथ गराउन नमिल्ने निश्कर्ष,यस्तो छ कारण

काठामाडौं । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार राजीव गुरुङ ऊर्फ दीपक मनाङेलाई प्रदेशसभा सदस्यको सपथ गराउन नमिल्ने निश्कर्ष निकालेका छन् । 

सोमबारदेखि शुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले राजीवलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिएका हुन् ।

सभामुख अधिकारीले यसअघि सपथका विषयमा छलफल गर्न परामर्श समितिको बैठक पनि राखेका थिए । आइतबार बसेको बैठकमा पनि सपथ गराउने–नगराउने विषयमा छलफल भएको थियो ।
मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका छन् ।

सर्वोच्चबाट थुनामुक्त भएपछि प्रदेश सभा सचिवालयमा गुरुङको निवेदन पुगेपछि सभामुख अधिकारी विभिन्न व्यक्तिसँथ छलफल तथा राय मागेका थिए । मनाङेलाई उच्च अदालत पाटनले ज्यान मुद्दामा दोषी ठहर गरेको छ । उनले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेर धरौटी बुझाएकाले हाल थुनामुक्त अवस्थामा छन् ।

गएको मंसिर १० गते भएको प्रदेश सभा निर्वाचनमा मनाङ ‘ख’ बाट मनाङे स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन एमालेको समर्थनमा निर्वा्चित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?