काठमाडौं । पछिल्लो पटक सर्बोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरेले अवकाश पाएसँगै सर्वोच्चमा चार न्यायाधीशको पद रिक्त भएको छ ।
न्यायाधीश घिमिरेले ६५ वर्षे उमेर हदका कारण शुक्रबारबाट अवकाश पाएका हुन् ।
घिमिरेभन्दा पहिला १७ पुसमा प्रधानन्यायाधीशको पदबाट ओमप्रकाश मिश्रले अवकाश पाएका थिए । त्योभन्दा अघि शुशीला कार्की र गोपाल पराजुलीले पनि अवकाश पाइसकेका छन् ।
पौडेलले न्यायाधीश पदबाट अवकाश पाएका थिए भने पराजुलीले प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश बाहेक १६ जना न्यायाधीश छन् । संविधानले सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था गरेको छ । नयाँ न्यायाधीश नियुक्ति गर्न न्यायपरिषदको बैठकले सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया