काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पूर्वमन्त्री समेत रहेका शर्माले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
आफू तेस्रो पटक संक्रमित भएको बताउँदै शर्माले पहिलो र दोस्रो पटक जस्तो भएन पनि केही असहज महसुस भइरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘ कोभिड–१९ द्वारा तेस्रो पटक संक्रमित। पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभयपनी कोभिड त कोभिड नै रहेछ।’
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणदर बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया