तनहुँ–१ मा लौरो अभियानको समर्थन डा. वाग्लेलाई (विज्ञप्तिसहित)

लोकपथ
91
Shares

तनहुँ । तनहुँ क्षेत्र नं १ मा हाम्रो नेपाली पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेवार स्वर्णिम वाग्लेलाई समर्थन गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै लौरो अभियान (हाम्रो नेपाली पार्टी) ले डा. वाग्लेलाई समर्थन गर्ने जनाएको छ ।

वाग्लेले आर्थिक क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा विज्ञता हासिल गरेको बताउँदै अहिलेको अवस्थामा वाग्लेको उपस्थिती संसदमा रहेको भन्दै समर्थन रहेको बताए ।

जारी विज्ञप्तिमा सम्पूर्ण वैकल्पिक शक्ति, लौरो अभियान, हाम्रो नेपाली पार्टी र स्वतन् त्र नागरिक समाज एक भइ समर्थन गर्ने जनाइएको छ । साथै आफ्ना सम्पूर्ण पार्टी पंक्तिलाई वाग्लेको घण्टी चिह्नमा मतदान गर्न आग्रह समेत गरेका छन् ।

१० वैशाखमा तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा रास्वपाबाट वाग्लेसहित कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल लगायत उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?