एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

लोकपथ
104
Shares

काठमाडौं । नेकपा एमालेले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबार नेकपा एमाले कर्णाली प्रदेशका संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै सो कुरा जानकारी गराएका छन् ।

आजबाट लागू हुनेगरी समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।
‘कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन मिति २०७९ चैत्र १७ गतेदेखि लागू हुनेगरी समर्थन फिर्ता लिएको जानकारी गराइन्छ ।’ पत्रमा भनिएको छ ।

यसअघि आइतबार एमालेबाट सरकारमा सामेल तीन मन्त्रीले समेत राजीनामा दिएका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, र्पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

गत २७ पुसमा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?