काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे स्मरण–पत्र बुझाएको छ ।
संविधान संशोधन मुख्य एजेन्डासहित नेकपासँग दुई बुँदे सहमति गरी सरकारमा सहभागी भएको चार÷पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि संशोधनको प्रक्रियासमेत शुरु नभएको भन्दै फोरमले संशोधनको गृहकार्य थाल्न आग्रह गरेको हो ।
शनिबार वालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, पुुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका सचिव विष्णु पौडेल सहभागी थिए ।
फोरम नेपालको तर्फबाट पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, हेमराज राई, महासचिव रामसहाय प्रसाद यादव र सचिव प्रकाश अधिकारी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया