सिंहदरबारको फोहोर नउठेको विषयमा गगनले भने- ‘विलम्ब नगरी वार्ता गरियोस्’

लोकपथ
117
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सिंहदरबारको फोहोर उठन नसकेको विषयमा संसदको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले

काठमाडौं महानगरपालिकासँगको टकरावको विषयमा प्रधानमन्त्रीले तत्कालै सम्बोधन गर्नका लागि समेत आग्रह गरेका छन् ।

आइतबारबाट सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयको विषयमा प्रधानमन्त्रीले अभिलम्ब वार्ता गर्न समेत आग्रह गरे ।
‘कुनै बिलम्ब नगरीकन कुनै आग्रह नगरीकन, काठमाडौं महानगरपालिकासँग छलफल गरियोस्, संवाद गरियोस्, जुनजुन विषयमा अहिले सल्टाउन पर्ने हो सल्टाइयोस्, जुनजुन विषयमा समझदारी कायम गरियोस् ।’ थापाले भने ।

त्यस्तै सो विषयमा काठमाडौंका जनप्रतिनिधिहरुलाई समेत जानकार बनाएर सो विषय निरुपण गर्न आग्रह गरे ।
‘हामी काठमाडौंका जनप्रतिनिधिहरुलाई यो विषयमा जानकार गराइयोस् ।’ उनले भने ।

त्यसैगरी उनले जनप्रतिनिधिहरुले अहिले सिंहदरबारमा सरुवा बढुवाका लागि धाइरहेको अवस्था रहेको भन्दै त्यसको समस्या समाधानका लागि समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?