मेडिकल कलेजले बढी शुल्क लिए सम्बन्धन खारेज

काठमाडौँ, ७ कात्तिक- सरकारले संसद्बाट पारित हुन नसकेको चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशका रूपमा जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरी जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।सरकारले डा.गोविन्द केसीसित भएको सहमतिअनुसार ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी अध्यादेश’ जारी गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट पारित अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि कानुनी मान्यता पाउँनेछ । कलेजले निर्धारित शुल्कभन्दा बढी लिएमा सम्बन्धन खारेजीसम्मको कारबाहीको प्रावधान अध्यादेशमा राखिएको छ । अधिकांश मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेका छन्, कान्तिपुरमा खबर छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?