काठमाडौं । प्रतिनिधिसभाको चालू अधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलोपटक सम्बोधन गर्दैछन् ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यसअघि विहिबारको बैठकलाई सम्बोधन गर्ने भनिएपनि ब्यस्तताको कारण देखाउदै सम्बोधन स्थगित भएको थियो ।
प्रधानमन्त्री ओलीले समासमायिक विषयमा प्रतिपक्षि दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने छन् । साथै वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारका विषयमा पनि बोल्ने बुझिएको छ ।
नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।
आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री चत्रपाणी खनालले जीवनासक विषादी ब्यवस्थापन विधेयकमाथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको संसद सचिवालयका सहायक प्रबक्ता केशव अर्याललले जानकारी दिए ।
यस्तै कानुन, न्याय तथा संसदिय मामिलामन्त्री भानुभक्त ढकालले प्रशासकिय अदालत विधेयक २०५ लाई दफावार छलफलका लागि सम्बन्ति समितीमा पठाइयोस भनि प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक २०७५ माथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कायुसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया