काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अडियो प्रकरणमा मुछिएका आफ्ना पार्टीका सांसदलाई कारबाही हुने स्पष्ट पारेका छन् ।
आइतबार रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक भएको थियो । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीबाट दुई करोड मागेको खुलाशा गरेका थिए ।
संवादका क्रममा श्रेष्ठले लामिछानेले पैसा मागेको नखुलाए पनि रास्वपामा पार्टीलाई सहयोग गर्ने कोर टिम रहेको खुलाशा गरेका थिए ।
सो प्रकरणबारे बोल्दै लामिछानेले सो प्रकरणमा आफ्नो संलग्नता रहेको भएमा आफैँ मुखमा कालो पोतेर हिँड्ने बताए ।
सोमबार चितवनमा आयोजित चुनाव प्रचारप्रसारका क्रममा बोल्दै उनले भने, ‘मेरो संलग्नता कहि कतै रहेको छ भने मेरा अनुहारमा आफैँ कालो पोतेर हिँड्नेछु । यो अनुहार देखाउनेछैन । निर्धक्क हुनुहोला ।’
त्यस्तै कुनै व्यक्तिले आफ्नो नाम लिँदैमा आफू त्यसमा दोषी नहुने बताउँदै उनले आफूले कुनै पनि बैमानी नगरेको स्पष्ट पारे ।
‘मैले बैमानी गरेको छैन । मैले कुनै पनि किसिमको सम्झौता गरेको छैन । मेरो नाम लिएर कसैले भजाएछ भने त्यसको भार मेरो टाउकोले बोक्दैन । मेरो नाम लिँदैमा मैले खाएको हुने भए यो देशमा सबैलाई फसाइदिन सक्छु, यो गलत कुराको कसैलाई भ्रम नहोस् ।’ लामिछानेले भने ।
त्यस्तै अडियो प्रकरणमा मुछिएका सांसदलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइसकेको बताउँदै हदैसम्मको कारबाही गर्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया