काठमाडौं । बागमती प्रदेशको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ लामालाई खानेपानी, उर्जा तथा सिँचाईमन्त्रीमा नियुक्त गरेका हुन् ।
बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका गत निर्वाचनमा बहादुरसिंह लामा नुवाकोट क्षेत्र नं २ प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका हुन् । भने तीर्थ लामा काभ्रे क्षेत्र नं १ प्रदेश ‘ख’ बाट निर्वाचित भएका हुन् ।
नवनियुक्तमन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथग्रहण गर्ने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया