महोेत्तरी । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले पुरानो अनुभवी नेताको विचार र नयाँ युवा पुस्ताको जोशजाँगरलाई समेटर पार्टीलाई मजबुत बनाउन सकिने बताएका छन् ।
पछिल्लो समयमा आएर नेपाली काङ्ग्रेस कमजोर बन्दै गएकोतर्फ भन्दै अध्यक्ष बस्नेतले पार्टीलाई मजबुत बनाउन युवा पुस्ता जागरुक हुनुपर्ने खाँचो औँल्याए ।
नेपाल तरुण दलले महोत्तरीको औरहीमा ४३औं राष्ट्रिय एकता दिवस एवं मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले गत चुनावमा तरुण दलका युवालाई परिचालन नगरेकै कारण हार बेहोर्नुपरेको जनाउँदै बस्नेतले अब मिल्नुको विकल्प नरहेको धारणा राखेका थिए ।
एक अर्को प्रसङ्गमा सभापति बस्नेतले वर्तमान ओली नेतृत्वको दुईतिहाइ सरकारले हत्या, हिंसा, बलात्कार रोक्न नसकेको तथा न्यायलय, प्रेसमाथि दमन गर्दै आएको समयमा तरुण दलले सडकमा आएर कडा प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको धारणा राखेका छन् ।
नेत्री रेखा यादवले इतिहासलाई फर्केर हेर्दा हरेक परिवर्तनको पथमा नेपाली काङ्ग्रेसले अग्रसर भूमिका निर्वाह गरेको जनाउँदै आगामी दिनमा पनि यस्ता सकारात्मक भूमिका निर्वाह गर्न काङ्ग्रेस तयार रहेको धारणा राखिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया