फुटपाथमा निर्माण भएका प्रहरी संरचना हटाउन मेयर बालेनको आग्रह

लोकपथ
70
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले फुटपाथमा निर्माण भएका प्रहरी संरचना हटाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै फुटपाथ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्ने बताएका छन् ।

शाहले फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराउँदै नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने बताए । उनले भनेका छन्, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’

यस्तो छ बालेनको फेसबुक पोस्ट : 

https://www.facebook.com/balenOfficial/posts/pfbid0pWcPNX3j8bPYUCWrhKVPNctx3HLnzTNGvYrWGXnkgt6geU9CUhyPS2QJBAKKBwgDl

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?