सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा जाने बताएका छन् । आज शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कर्णालीमा चाँडै नै कांग्रेस सरकारमा जाने बताएका हुन् ।
मन्त्री खड्काले चुनावमा गरेका प्रतिबद्धता र प्रधानमन्त्री प्रचण्डले जनतासामू गरेको प्रतिबद्धता अनुसार कर्णालीमा पर्याप्त बजेट पारिने गर्ने बताए ।
‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ । यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछौं ।’ उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया