काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सक डा. निरज बम नियुक्त भएका छन् । आज शुक्रबार राष्ट्रपति पौडेलले डा. बमलाई आफ्नो निजी चिकित्सकका रुपमा नियुक्त गरेका हुन् ।
डा. बम महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका सह–प्राध्यापक तथा वरिष्ठ छाती रोग विशेषज्ञ हुन् ।
राष्ट्रपति पौडेलले आफूलाई आज दिउँसाे ३ बजे निजी चिकित्सकमा नियुक्त गरेको डा. बमले लोकपथलाई जानकारी दिए ।
पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया