हिउँदे अधिवेशनबाट संविधान संशोधन गर्न फोरमको माग

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने बाचा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण गराएका छन् । 

शनिवार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेको यादवले प्रधानमन्त्री ओलीलाई भेटेर सो कुराको स्मरण गराएका हुन् । 

भेटमा अध्यक्ष यादवसहित फोरमका नेतहरुले संसदको जारी हिउँदे अधिवेशनबाट संविधान संशोधन गर्न माग गरेका छन् । 

भेटमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु उपस्थित थिए । सोही भेटमा फोरमका नेताहरुले ११ बुँदे मागसहित स्मरण पत्र समेत बुझाएका छन् ।

उपयुक्त समयमा संविधान संशोधन गर्ने सहमति गर्दै फोरम सरकारमा गएको थियो । तर, उसले अहिलेसम्म यसबारे केही भनेको थिए । उक्र प्रधानमन्त्री ओलीले भने आफू संविधान संशोधनका लागि सकारात्मक रहेको बताए । 

फोरमले प्रदेश सरकार सबल बनाउनुपर्ने, कर्णाली र प्रदेश २ को विकासका लागि स्पेशल प्याकेज बनाउनुपर्ने, मधेस तथा थरुहट आन्दोलनका क्रममा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनुपर्ने माग पनि अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?