काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धेरै फुर्सद भएको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले काम गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलिएको पनि बताएका छन् ।
‘न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने भनेको सरकारले हो । सरकार भनेको प्रधानमन्त्री हो । तर प्रधानमन्त्रीमा आत्माविश्वास नभएको, कता कता अल्मलिएको पाएको छु ।’ उनले भनेका छन् ।
प्रधानमन्त्रीको फुर्सद देखेर आफू छक्क पर्ने गरेको उनले बताए । ‘केही कार्यक्रममा मलाई अथितिका रुपमा बोलाउनु भयो । मैले भने भ्याउँदिनँ । आयोजकले भन्नुभयो । प्रधानमन्त्री आउँदै हुनुहुन्छ, ‘प्रधानमन्त्रीलाई फुर्सद हुन्छ । तिमिलाई फुर्सद नहुने रु अप्ठ्यारो लाग्यो म गएँ । मेरो प्रधानमन्त्रीलाई यतिधेरै फुर्सद किन छ भनेर म छक्क पर्छ ।’ उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया