मनिष झाकाे प्रश्न- ‘साझा न्यूनतम कार्यक्रममा प्रधानमन्त्रीका प्राथमिकता रातारात किन फेरिए ?’

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा प्रश्न उठाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले प्रधानमन्त्रीले रातारात आफ्ना प्राथमिकताहरू फेरबदल गरेको भन्दै प्रश्न उठाएका हुन् ।

सांसद झाले प्रधानमन्त्री दाहालले दुई महिनाअघि सहमति जनाएर नीति तथा कार्यक्रममा समावेश भएका विषय अहिले हटाइएको भन्दै आपत्ती जनाएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेज नै भन्नुभएको सुनियो । हुन त त्यसमा हाम्रो प्रतिबद्धतापत्रमा उल्लेख विषयहरू पनि समेटिएका छन् । तर, फेरि पनि पहिलेको भन्दा केही फेरबदल पाएको छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?