काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा ६ लाख ५० हजार नयाँ सदस्य थपिएका छन् ।
नेविसंघले १२ औं महाधिवेशनलाई लक्षित गर्दै देशभरका ७४ जिल्लामा नयाँ सदस्यता वितरण गरेका हुन् । साथै काठमाडौं, भक्तपुर र ललितपुरमा पनि सदस्यता वितरण शुरु गर्ने नेविसंघका केन्द्रीय सभापति नैनसिंह महरले जानकारी दिए ।
नेविसंघका केन्द्रीय सभापति महरले गाउँदेखि सहरसम्म सदस्यता वितरण गरेको जानकारी दिए ।
नेविसंघको १२ औं महाधिवेशन यही पुसको अन्तिम सातादेखि शुरु हुँदैछ ।
त्यस्तै नेविसंघमा ३२ वर्ष उमेर पुगेका महाधिवेशनमा उम्मेदवार हुन पाउँने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया