काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब कांग्रेस कार्यकर्ताले देउवा कांग्रेस पौडेल कांग्रेस भन्न छोडेर नेपाली कांग्रेस भन्न आग्रह गरेका छन् ।
कास्की पुगेका नेता पौडेलले कांग्रेस वडा समितिले सराङकोटमा आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन् । कांग्रेसलाई मजबुद बनाउनका लागि अब यसको वा त्यसको कांग्रेस भन्ने भन्दा पनि नेपाली कांग्रेस भनेर अगाडि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
पौडेलले काग्रेसलाई मजवुद काग्रेस बनाएर आफुले राजनीतिबाट अलग हुने पनि बताए । साथै उनले कम्युनिस्टहरू झुट, स्वार्थी तथा पक्षपाती हुन्छन भन्ने ओली सरकारको कार्यशैलीबाट प्रमाणित भइसकेको दाबीसमेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया