काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग लगाउनसक्ने बताएका छन् ।
बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा बोल्दै ओलीले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यसअघि राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजेको भन्दै सभामुखलाई त्यसको निशाना पार्नसक्ने आंकलन गरे ।
उनले महाअभियोग लगाउन २५ प्रतिशतले पुग्ने बताउँदै गठबन्धनसँग बहुमत नै रहेका कारण महाअभियोग ल्याउन सक्ने बताए ।
‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन’ ओलीले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् किनकि २५ प्रतिशतले पुगिहाल्छ, यिनीहरुसँग त बहुमत छँदैछ, महाअभियोग ल्याउन पनि बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’
ओलीले यसअघि सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाएर नेतृत्वविहीन बनाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया