नेपाली बजारमा रेड्मी १२सी सार्वजनिक

लोकपथ
98
Shares

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ सी नेपाली बजारमा सार्वजनिक गरेको छ।

रेड्मी १२सी मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा संचालित बजेट मैत्री स्मार्टफोन भएको कम्पनीले जनाएको छ ।

यो फोनले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्टतासँगै सहजता प्रदान गर्ने कम्पनीको नेपालस्थित मेनेजर अमित कुमार पंडाले जानकारी दिए ।

उनले भने, ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन् । जसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्दछ । हामीले भर्खरै सार्वजनिक गरेको रेड्मी १२सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ ।’

रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरीएन्टको खरिदमा चैत्र २३ देखि बैशाख १७ सम्म ५०० छुट पाउन सकिने कम्पनीको भनाइ छ ।

रेड्मी 12 C: 3GB+32GB, 4GB+64GB, 6GB+128GB गरी तीन स्टोरेज भेरियन्ट र तीन रंग- ग्रेफैत ग्रे, ओचिएन ब्लू, ग्रीनमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः १३,४९९ , १४,४९९ र १६,९९९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?