काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शवको बाकस फुटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको आकस्मिक बैठकमा बोल्दै सांसद ढकालले विदेशबाट शव ल्याइएको बाक्सा फुटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
अन्य लगेजहरु फुटेको सुन्दै आइए पनि शव नै ल्याइएको बाक्सामा केही छ की भनेर फुटाउनु दुखद रहेको बताउँदै त्यसले संस्थागत भ्रष्ट्राचारलाई थप उजागर गरेको टिप्पणी गरे ।
‘विदेशबाट शव ल्याउँदाखेरी शवको बाकस फोरिएको छ एयरपोर्टमा केही सामान छ की भनेर लुट्नका लागि । हामीले ब्यागेजहरु फुटेको ब्यागहरु फुटेको त सुनेकै थियौँ ।’ उनले भने, ‘समाज कहाँ जाँदैछ ? समाज के बन्दैछ ? शव ल्याएको शवको बाक्साहरु फुटेको छ । ती बाक्सामा पनि केही सामान छकी गरगहना छ की भनेर लुट्नका लागि । कारण भ्रष्ट्राचारको संस्थागत यसरी जरोसम्म पुगेछ की शव ल्याएको बाक्सा समेत फुट्न थाल्यो ।’
त्यस्तै विदेशमा जेलमा रहेका नेपालीहरुको लगत संकलन र नेपाल फर्काउने विषयमा सरकारको चासो राख्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया