सरकारको न्यूततम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

लोकपथ
42
Shares

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने भएको छ ।

१० दलीय गठबन्धनका शीर्ष नेताहरुको बिहीबार बिहान बसेको बैठकले साँझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।

बैठकपछि बोल्दै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले केही विषयमा सहमति हुन बाँकी रहेको र आजै सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए । सानातिना सुझावहरु संकलन हुने र आपसी सहमति पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने उनले बताए ।

‘राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ, सबै बीचमा ।’ उनले भने, ‘सानातिना सुझावहरू केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ ।’

यसअघि पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको थियो । तर राजनीतिक फेरबदलका कारण पुनः न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

सोही न्यूनतम साझा कार्यक्रमका केही बुँदालाई समेत समावेश गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?