आज सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

लोकपथ
39
Shares

काठमाडौं । सत्ता गठबन्धनले आज सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । गठबन्धनका एक नेताले केही मिल्न बाँकी विषयलाई फाइनल गरेर बिहीबार संयुक्त सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको बताए ।

गठबन्धनले ९ वटा बिषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बसेको पार्टी पदाधिकारी बैठकमा पनि आजसम्ममा न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?