अमेरिकी राजदूतले भेटे उपप्रधानमन्त्री खड्का

लोकपथ
104
Shares

काठमाडौं । उपप्रधान एंव रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनबीच भेटघाट भएको छ ।

बुधबार दिउँसो मन्त्रालयमा उपप्रधानमन्त्री खड्का र राजदूत थमसनबीच भेटघाट भएको हो ।

भेटघाटमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको धारणा व्यक्त गरेका थिए । साथै नेपाली सेनाको पूर्वाधार विकास लगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पुर्याएको उल्लेख गर्दै दुई देशबीच सम्बन्ध रहेको बताएका थिए ।

भेटघाटको क्रममा नेपालले UN peaceking Operation मा Second Largest Troops Contributing Country को महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि अमेरिकी सरकारको निरन्तर सहयोगको अपेक्षा समेत गरेका छन् ।

सो अवसरमा राजदूत थमसनले नेपाल र अमेरिकाबीच चौथोँ Land Forces Talks सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सहमति बमोजिम नेपाललाई उपलब्ध गराउने हवाइसाधन लगायतका उपकरणहरु उपलब्ध गराउन प्रयत्नत गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै राजदूत थमसनले नेपालको भौगोलिक अवस्थिती र अवस्थाको बारेमा अमेरिकी पक्ष जानकार रहेको बताउँदै नेपाली सेना एवं रक्षा मन्त्रालयको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अमेरिका इच्छुक रहेको बताए ।

No description available.

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि साथै अमेरिकी दूतावासका रक्षा सहचारी एवं अन्य कर्मचारीको उपस्थिती रहेको थियो ।

यसअघि राजदूत थमसनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग समेत भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?