रवि लामिछानेविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

लोकपथ
117
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार राहदानी दुरुपयोगविरुद्ध परेको रिटमा सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा सुनुवाई भएको थियो । सो मुद्दाको सुनुवाई सकिएसँगै विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको हो ।

आज फुयाँलको एक इजसलासमा निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए।

सोमबार युवराज पौडेल ‘सफल’ सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?