गगन थापाले भने– ‘प्रधानमन्त्री र मन्त्रीको मुख तीन महिना देख्न नपाए पनि हुन्थ्यो’

लोकपथ
117
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई गम्भीर भएर काम गर्न आग्रह गरेका छन् ।

बुधबार कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री र मन्त्रीहरुले सामाजिक सञ्जालदेखि मिडियाभन्दा काममा ध्यान दिन आग्रह गरे ।

‘आजभोलि प्रधानमन्त्री मन्त्रीको समाचार आयो मलाई त नरमाइलो लाग्छ । फूर्सद कसरी पाउनुभयो ? फोटो खिच्न नि पर्दैन। मैले भन्या त तीन महिना जति प्रधानमन्त्री मन्त्रीको कही टेलिभिजनमा कही अनलाइनमा कही अनुहार नै देख्न नपाए नि हुन्थ्यो,’ थापाले भने, ‘नराम्रो सेन्समा भनेको होइन । कही कोही नदेखिए हुन्थ्यो। अहिले हामी छौ नि फूर्सदमा। हामी जाउला नि। यो भनेको त वार जस्तो हो नि वार मेन्टालिटी । युद्धको बेला कसरी खाने? युद्धको बेलाजसरी जुट्ने बेला हो यो ।’

थापाले सरकार र राष्ट्र बैंकको सम्बन्धसमेत पारदर्शी हुनुपर्ने बताए।

‘प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । सरकार र राष्ट्र बैंकको सम्बन्ध पारदर्शी हुनुपर्छ। नयाँ अर्थमन्त्री आउनुभएको छ। मैले त भेट्न पनि पाएको छैन ।’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?