प्रदेशसभा बैठक : रेशम चौधरीलाई शपथ खुवाएको प्रति कांग्रेस सांसदको आपत्ति

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रेशम चौधरीलाई शपथ खुवाएको प्रति आपत्ति जनाएको छ । 

शुक्रवारको प्रदेश ५ को प्रदेशसभा बैठकमा कांग्रेस सांसद निर्मला क्षेत्रीले चौधरीलाई शपथ खुवाइएको प्रति आपत्ति जनाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराइन् । 

उनले ‘संविधानको कार्यान्वयन गर्ने सरकारले नै धज्जी उडायो, हिजो किन मिलेन र आज कसरी मिल्यो ?’ भन्ने प्रश्न गर्दै औचित्यबिना सांसद चौधरीलाई शपथ खुवाइएको प्रति आपत्ति जनाइन् । 

बिहीवार सभामुख कृष्णबहादुर महराको निजी सचिवालयमा सांसद चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाइएको थियो । 

चौधरीको शपथ ग्रहणले प्रदेशसभा बैठकमा स्थान पाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?