निरन्तर ओरालो लागेको शेयर बजारमा झिनो सुधार

लोकपथ
78
Shares

काठमाडौं । केही दिनयता निरन्तर ओरालो लागेको शेयर बजार बुधबार झिनो अंकले बढेको छ ।

आज नेप्से परिसूचक ८ दशमलव ३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव ०७ बिन्दुमा बजार रोकिएको छ ।

नेप्सेमा केही सुधार देखिए पनि आज कारोबार रकम भने घटेको छ ।

आज ८१ करोड ६० लाख ४६ हजार ७ सय ९० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार अवधिभर २६२ वटा धितोपत्रको २६ लाख २ हजार ९ सय ५६ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएकामध्ये कालिन्चोक दर्शनको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?