काठमाडौं । सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
वर्तमान सत्ता गठबन्धनले केही दिनभित्रै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी थालेको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहित, माओवादीका तर्फबाट शक्तिबहादुर बस्नेत, जसपाका तर्फबाट राजेन्द्रप्रसाद श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल लगायत सदस्य रहेको कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले भोलिसम्म साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा समेत सो विषयमा छलफल भएको थियो ।
यसअघि केपी शर्मा ओलीको संयोजकत्वमा गठित कार्यदलले बनाएको साझा न्यूनतम कार्यक्रमको केही बुँदामा परिमार्जन हुने स्रोतको दाबी रहेको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारसँगै साझा न्यूनतम कार्यक्रम आउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया